नयाँ कोरोना भाइरस (COVID-19) द्वारा कम्पनीको व्यवसाय सञ्चालन नराम्रो भएको अवस्थामा समेत विदेशी नागरिक भएकै आधारमा, विदेशी श्रमिकलाई जापानी श्रमिक भन्दा प्रतिकूल असर पर्ने व्यवहार गर्ने कार्य क्षम्य हुनेछैन।
  1. कम्पनीको आफ्नै कारणले श्रमिकलाई बिदा बस्न लगाउन परेर बिदा भत्ता भुक्तानी गर्दा, विदेशी श्रमिकलाई पनि जापानी श्रमिक सरह भुक्तानी गर्नैपर्छ।
  2. बालबच्चाको विद्यालय बिदा भएको कारणले कम्पनीमा छुट्टी लिनुपर्दा, जापानी श्रमिक सरह तलबी बिदा प्रयोग गर्न सकिनेछ।
  3. श्रमिकको रोजगारीको रक्षार्थ राष्ट्रले कम्पनीलाई भुक्तानी दिने अनुदान रकम लाई जापानी श्रमिक सरह विदेशी श्रमिकमा समेत प्रयोग गर्न मिल्नेछ।
  4. कामबाट निकाला अर्थात् बर्खासी भनेको कम्पनीले आफ्नो राजीखुसीले गर्न पाउने कुरा होइन। कम्पनीले विदेशी श्रमिकलाई बर्खासी गर्दा जापानी श्रमिक सरहको नियम पालना गर्नैपर्छ।
अप्ठ्यारो पर्दा नजिकको श्रम ब्युरो, श्रम मानक निरीक्षण कार्यालय, हेलोवर्क (रोजगारी सूचना केन्द्र)मा परामर्श गर्नुहोला।