सूचना

画像: 滋賀県国際協会のロゴ入り画像
「公益財団法人滋賀県国際協会 第4期中期計画(案)」に対する意見等の募集について
 公益財団法人滋賀県国際協会では、2021年度(令和3年度)に「第3期中期計画」を策定し、…
1月は滋賀県多文化共生推進月間です!
滋賀県からのお知らせ:1月は「多文化共生推進月間」です 滋賀県では、1月を「…

कार्यक्रमहरू

2025年度国際交流活動推進セミナーを開催します!
2026/01/29 (विहीबार)
14:0016:00
ピアザ淡海2階 207会議室

बहुसांस्कृतिक सहजीवन सम्बन्धी जानकारी

हामी विदेशी निवासीहरूको लागि परामर्श डेस्क र दैनिक जीवन सम्बन्धी जानकारी प्रदान, विदेशमा “रुट” भएका बालबालिका र विदेशी राष्ट्रियता भएका विद्यार्थीहरूलाई शिक्षा सहयोग, जापानी भाषाको अध्ययन सहयोगका साथसाथै विपद्को बेला सहयोग उपलब्ध गराउँछौं।

विदेशी नागरिकको लागि परामर्श डेस्क

外国人相談窓口

जिल्लामा बसोबास गर्ने विदेशी नागरिकहरूको लागि दैनिक जीवन सम्बन्धी परामर्श डेस्कको व्यवस्था गरिएको छ। रोजगार, चिकित्सा, शिक्षा जस्ता दैनिक जीवनमा सामना गर्ने समस्याहरूबारे विदेशी भाषा बोल्न सक्ने सल्लाहकारले तपाईंको समस्याहरू सुन्नुहुनेछ र जानकारी प्रदान गर्ने वा आवश्यकता अनुसार सम्बन्धित डेस्क सिफारिस गर्नुहुनेछ। फोन, फ्याक्स र इमेल मार्फत पनि परामर्श लिन सकिनेछ (परामर्शको बेला थाहा भएको कुराहरू गोप्य राखिनेछ)।
साथै जिल्लाका नगरपालिकाहरूमा दोभासे वा सल्लाहकारको रूपमा काम गर्ने कर्मचारीहरू बिच जानकारी आदान-प्रदान गर्नको लागि सम्पर्क बैठक र क्षमता अभिवृद्धिको लागि तालिम दिने कार्यशाला आयोजना गरेका छौं।

* कोरोना रोगाणु संक्रमण रोकथाम गर्नको लागी कृपया नआउनुहोस्। कृपया टेलिफोन अथवा ईमेल बाट कुरा गर्नुहोस्।

विदेशी नागरिकको लागि परामर्श डेस्क दैनिक जीवन सम्बन्धी परामर्श Q&A

विदेशी नागरिकको लागि जानकारी पत्रिका “मिमितारो”

外国人向け情報紙「みみタロウ」

“मिमितारो” भन्ने नाम, “मिमि योरिना ज्योउहोउ” अर्थात् “उपयोगी वा फाइदाजनक जानकारी” पाठकहरूसम्म पुर्‍याउने मनसायले “मिमि” र पाठकहरूमाझ परिचित नाम “तारो” भन्ने जापानी नाम जोडेर, स्वयं सेवकहरूले राखेको नाम हो।

प्रकाशन भाषा
प्रकाशन भाषा: कुल १० भाषाहरू फुरिगाना सहितको जापानी भाषा, अंग्रेजी भाषा, पोर्चुलागी भाषा, स्पेनिस भाषा,चाइनिज भाषा (सरल), चाइनिज भाषा (परम्परागत), कोरियन भाषा, तागालग भाषा, भियतनामिज भाषा, इन्डोनेसियन भाषा, नेपाली भाषा)
प्रकाशन
वर्षमा ४ पटक

विगतमा प्रकाशित पत्रिका

विदेशमा “रुट” भएका बालबालिकाहरूको लागि शिक्षा सहयोग

विदेशमा “रुट” भएका बालबालिकाहरू र अभिभावकहरूको लागि विभिन्न भाषाहरूमा करिअर मार्गदर्शन सेमिनारहरू आयोजना गरी शैक्षिक कोर्सहरूबारे विस्तृत जानकारी प्रदान गर्नुका साथै उच्च माध्यामिक विद्यालय र विश्वविद्यालयबाट स्नातक गरेपछि विद्यार्थीहरूले भविष्यमा फराकिलो लक्ष्य लिएर अगाडि बढ्न सक्ने गरी, करिअर चयनको सहयोग गरिन्छ।

“भविष्यको लागि करिअर मार्गदर्शन” सामग्री (PDF फाइल)

“तपाईंको सपनाको लागि रणनीति बैठकको शृङ्खला” सामग्री (PDF फाइल)

विदेशी राष्ट्रियता भएका विद्यार्थीहरूको लागि छात्रवृतिको व्यवस्था (विदेशी राष्ट्रियता भएका विद्यार्थीहरूको लागि बिवाको छात्रवृति)

外国籍学生への奨学金支給(外国籍学生びわこ奨学金)

विश्वव्यापीकरणको लागि सिगा अन्तर-सांस्कृतिक संघले सिगा जिल्ला भित्र बसोबास गरी सिगा जिल्लाको विश्वविद्यालय वा कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीलाई फिर्ता गर्नुनपर्ने छात्रवृत्रि दिन्छ।
विश्वविद्यालय वा कलेज मार्फत आवेदन दिनुपर्ने हुनाले, आफ्नो विश्वविद्यालय/कलेजको छात्रवृत्रिप्रति जिम्मेवार कर्मचारीलाई भन्नुहोस्।

आवेदनको लागि आवश्यक कुराहरू र मुख्य बुँदाहरू

अन्य

विपद्को बेला विदेशी नागरिकको सहयोग र विपद् रोकथामबाट बहुसांस्कृतिक सहजीवन समुदाय बनाउने कार्यलाई फैलाउने

हामी, विपद् रोकथामका कार्यक्रमहरूमा विदेशी नागरिकले भाग लिएको मौकामा, विदेशी नागरिकले प्रत्यक्ष रूपमा क्षेत्र र समुदायसँग व्यक्तिगत तथा अन्य सम्बन्ध बनाउन सक्ने गरी, स्थानीय बासिन्दाहरू र विदेशी नागरिक बिच कुराकानी गर्ने बाटो बनाई, त्यसलाई समुदायमा नयाँ चेतना प्राप्त गर्ने अवसरहरू बनाउन सक्ने गरी, सरकारी निकाय, स्थानीय बासिन्दा तथा नगरपालिका तथा नगरपालिकाका अन्तर्राष्ट्रिय आदान-प्रदान संघ आदि सबैसँगको सहकार्यमा विपद् रोकथाम गतिविधिको जागरूकता तथा सहकार्य गर्छौं।

滋賀県内国籍別外国人人口の変化

滋賀県が調査している、毎年12月末現在における滋賀県内市町の住民基本台帳に記載されている外国人の住民数及び国籍に関する調査結果をもとに、当協会がグラフ化したものを、公開しています。