संघको सदस्य हुने सम्बन्धी जानकारी

यस संघलाई धेरै भन्दा धेरै व्यक्तिहरूले सहयोग गरिदुनुभएकोले, हामी सिगा जिल्लालाई अन्तर्राष्ट्रिकरण गर्ने उद्देश्यले विभिन्न कार्यहरूमा निरन्तर लागिरहेका छौं। यी कार्यहरूमा तपाईंहरूले यस संघलाई दिनुभएको स्वैच्छिक अनुदान तथा सदस्यता शुल्कको उपयोग गरिरहेका छौं। यदि तपाईं हाम्रो कार्यहरूसंग सहमत हुनुहुन्छ भने यस संघको सदस्य बनिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

सम्पूर्ण सदस्यहरूलाई अन्तर्राष्ट्रिय आदान-प्रदान र सहयोग सम्बन्धी पत्रिका “SIA सि-आ” पठाउनुका साथै मुख्यतया सिगा जिल्ला भित्र हुने अन्तर्राष्ट्रिय आदान-प्रदान आदिका कार्यक्रमहरूको जानकारी, इमेल-म्यागजिन मार्फत पठाउनेछौं। साथै सदस्यता कार्ड देखाएमा SIA सदस्य सहभागी पसल आदिमा, सदस्य लाभ पाउनुको साथै SIA द्वारा आयोजना गरिने कार्यक्रमहरूमा सदस्य शुल्कमा भाग लिन सकिनेछ।

सदस्यता शुल्क

व्यक्तिगत सदस्य
प्रति व्यक्ति वार्षिक रकम सामान्य सदस्य २,००० येन, विद्यार्थी सदस्य १,००० येन
संगठन सदस्य
प्रति संगठन वार्षिक रकम १०,००० येन

आवेदन

निम्न सदस्यता आवेदन फारम भरी, हुलाक, फ्याक्स वा इमेल मार्फत पठाउनुहोस्।

सदस्यता आवेदन फारम(docx) सदस्यता सम्बन्धी जानकारी(PDF)

स्वैचछिक अनुदानको लागि आग्रह

विश्वव्यापीकरणको लागि सिगा अन्तर-सांस्कृतिक संघले गरिरहेको “उत्कृष्ट अन्तर्राष्ट्रिय ज्ञान र संवेदनशीलता भएको व्यक्ति बनाउने”, “बहुसांस्कृतिक सहजीवन समुदायको निर्माण” र “वातावरण निर्माण (स्वयं सेवक गतिविधि प्रवर्द्धन आदि)” कामहरू, तपाईंहरूबाट प्राप्त भएको अनुदान आदिबाट सञ्चालन भइरहेका छन्। हाम्रो कामहरूलाई बुझिदिन र हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं।

कर सुविधा बारे

तपाईंहरूबाट प्राप्त हुने अनुदान तथा सदस्यता शुल्कमा कर सुविधा (आयकरमा कटौती र कर मिनाहा) हुन्छ।

रिफन्डको लागि रसिद सहित कर फिर्ता प्रक्रिया गर्नुपर्छ। जनावरी १ तारिखदेखि डिसेम्बर ३१ तारिखसम्ममा प्राप्त भएको अनुदान तथा सदस्यता शुल्कको रसिद, जनावरीको २१ तारिख पछि क्रम अनुसार पठाउनेछौं। “कर मिनाहा सम्बन्धी प्रमाणपत्र” लाई रसिदसँगै ऐकै खाममा हालिनेछ।

अथवा तलबाट डाउनलोड गरी प्रयोग गर्नुहोस्।

कर मिनाहा सम्बन्धी प्रमाणपत्र

कर मिनाहा सम्बन्धी प्रमाणपत्र(PDF)