अन्तर्राष्ट्रिय जानकारी सलोन

国際情報サロン

विश्वव्यापीकरणको लागि सिगा अन्तर-सांस्कृतिक संघको कार्यालय, ओचु शहरको नागिसा पार्क नजिकै भएको आदान-प्रदान कम्प्लेक्सको “पिआजा ओमी” मा छ। हाम्रो संघको कार्यालयमा अन्तर्राष्ट्रिय जानकारी केन्द्र, आदान-प्रदान स्थलको रूपमा “अन्तर्राष्ट्रिय जानकारी सलोन” सँगै छ। साथै बुक स्पेस, मिटिङ स्पेस र एग्जिबिशन स्पेसको पनि व्यवस्था भएकोले सङ्कोच नमानीकन आउनुहोला।

प्रयोग सम्भव समय
आइतबारदेखि शुक्रबारसम्म (सरकारी बिदाको दिन र वर्षको अन्त्य तथा सुरुमा बन्द हुन्छ) ९:००~१७:००
प्रयोग शुल्क
नि:शुल्क
प्रयोग आवेदन
हाम्रो संघको व्यक्तिगत सदस्यहरू (प्रयोग गर्ने संगठनको सदस्यहरूमा अन्तर्राष्ट्रिय संघको व्यक्तिगत सदस्य पनि हुनुहुन्छ) तथा संगठनका सदस्यहरू (किताबको लागि विद्यालय पनि समावेश) को लागि अन्तर्राष्ट्रिय जानकारी सलोनमा भएका किताबहरू र स्पेस प्रयोगको लागि रेन्टल गरिन्छ।
योग आवेदन(docx)
बुक स्पेस
अन्तर्राष्ट्रिय आदान-प्रदान, सहयोग, बहुसांस्कृतिक सहजीवन, जापानी भाषाको प्रशिक्षण जस्ता विभिन्न जानकारीहरू प्रदान गरिन्छ। बुक स्पेसको किताब तथा अन्य सामग्रीहरू जो कोहीले पनि हेर्न सक्नेछन्।
मिटिङ स्पेस
सिगा जिल्लाको अन्तर्राष्ट्रिय आदान-प्रदान वा अन्तर्राष्ट्रिय सहयोग, बहुसांस्कृतिक सहजीवनको प्रवर्द्धन कार्यमा लागिरहेका संगठनहरूका सदस्यहरूले आदान-प्रदान तथा सहकार्य गर्ने ठाउँको रूपमा मिटिङ स्पेसलाई प्रयोग गर्न सक्नुहुनेछ।
एग्जिबिशन स्पेस
हामी संसारको बिभिन्न देशहरूको संस्कृति र थरी थरीका विषयवस्तुहरू निर्धारण गरी एग्जिबिशनमा राख्छौं। तपाईंहरूको गतिविधिहरू प्रचार गर्नको लागि प्रदर्शन गर्ने ठाउँ पनि रेन्टल गरिन्छ। साथै मेसेज-बोर्डमा अन्तर्राष्ट्रिय आदान-प्रदान र सहयोग सम्बन्धी सूचना टाँस्न सकिन्छ (संघको स्वीकृति आवश्यक हुन्छ। विस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस्)।